(१) वंशजको नाताले, जन्मको आधारमा र वैवाहिक अङ्गीकृत र अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको व्यक्तिले
त्यस्तो नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुअघि जन्मिएका निजका सन्तानलाई अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुनेछ ।
(२) उपनियम (१) बमोजिम प्रमुख जिल्ला अधिकारीले आफूलाई प्राप्त भएको अधिकार आफ्नो मातहतको अधिकृत कर्मचारी वा समय समयमा नेपाल सरकारले नागरिकता वितरण गर्न खटाएको टोली प्रमुखलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(३) ……………
(४) उपनियम (१) मा उल्लेख भएदेखि बाहेक अन्य प्रकारको अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्ने अधिकार मन्त्रालयलाई हुनेछ ।
(५) ऐनको दफा ६ बमोजिम प्रदान गरिने सम्मानार्थ नेपालको नागरिकता प्रदान गर्ने अधिकार नेपाल सरकार, मन्त्रिपरिषद्लाई हुनेछ ।
(६) उपनियम (५) बमोजिम नागरिकता प्रदान गर्ने निर्णय भएपछि मन्त्रालयले सम्मानार्थ नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्नेछ ।
(७) यस नियमावली बमोजिम नागरिकताको प्रमाणपत्र जारी गर्ने अधिकारीले वंशजको नाताले वा जन्मको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्दा अनुसूची–२ बमोजिम र अङ्गीकृत नेपाली नागरिकता जारी गर्दा अनुसूची–८ बमोजिमको
ढाँचामा जारी गर्नु पर्नेछ ।